सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका प्रमुखको कार्यशैलीदेखी बजेट विनियोजनको तयारीलाई लिएर नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले ध्यानकर्षण गराएको छ । सोमबार नेपाली काँग्रेस सुनकोशी गाउँपालिका सभापति रुपकाजी लामाले पूनः कर मिनाहाको मागसिहत १६ बुदेँ ध्यानाकर्षण गराएको हो ।
पालिकाभित्रको निर्वाचित जनप्रतिनिधि लगाएत पूर्व जनप्रतिनिधि र नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाको उपस्थितिमा ध्यानाकर्षण गराएका हुन्।
गाउँपालिका प्रमुखले कार्यपालिकाको बहुमतलाइ लत्याउदैँ एकलौटि ढंगले आफू खुशी काम कार्वाही तथा विज्ञप्ति निकालेको भन्दै पालिका सभापति लामाले पालिका प्रमुख टपेन्द्र तिमल्सिनाको कार्यशैली प्रति विरोध जनाएका छन्।
सभापति लामाले पालिका एकलौटि चलाउन खोज्नुको साथै पालिकाभित्र हुने अन्य कार्यक्रममा बाधा अड्चन दिदै रोक्न खोजेको बताए। उनले पालिका प्रमुखले सार्वजानिक भनवलाई सहकारीको नाममा उद्घाटन गर्दै स्थानीय स्तरमा लज्जास्पद बनेको बताए।
लामाले पालिकाभित्र सार्वजानिक सुनुवाई गर्न पालिका प्रमुखले नखोजको बताएका छन् । उनले पालिका भित्र कार्यरत दलहरुबिच सार्वजानिक सुनुवाई गर्नु सर्वदलिय बैठक बोलाउनु भन्दै पटक पटक भन्दा नजरअन्दाज गर्दै बर्खायाममा वडा वडामा सार्वजानिक सुनुवाई भन्दै आफ्नो मुठ्ठीको कार्यकर्ता भेला गर्दै आएको बताए।
पालिका प्रमुखले गत महिना वडा नं २ मा निर्मित ठोकर्पा स्वास्थ्य चौकि उद्घाटनको प्रमुख अतिथि मोहन बहादुर बस्नेतको नाममा विवाद गर्दै कार्यक्रम नगर्न विज्ञप्ति जारी गरेको थियो ।
त्यस्तै अधिल्लो स्थानीय सरकारले पालिकाभित्र कर मिनाहा गरेको थियो, उक्त राजश्व तथा कर मिनाहा हटाउदैँ अहिले पालिकाले कर उठाइरहेको छ।
नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले पूनः कर मिनाहाको माग गरेको हो।

यस्तो छ ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *