सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको १७ औं नगरसभाले ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गरेको छ। नगरले बजेट विनियोजनमा निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्राथमिकताका राखेको छ।
नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२–०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गरेको हो । नगरले शिक्षाका लागि मात्र चार करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
साथै मनसुनजन्य विपद् न्यूनीकरणमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेर प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका काम गरिने उपप्रमुख तामाङले बता्इन । विपद् न्यूनीकरणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मौसमजन्य विपदबाट भौतिक, आर्थिक लगायतका क्षेत्रमा दुई करोड ७७ लाख ५३ हजार ६ सय रुपियाँ विनियोजन गरिएको छ ।
विगतका वर्षहरुमा मनसुनजन्य विपदबाट घरबास गुमाएका १४४ घरहरु पुनर्निर्माण सम्झौता भई ६४ वटा नयाँ घर पुनर्निर्माण भएर प्रभावितहरु सुरक्षित आवासमा बस्न पाएको जनाइएको छ । ४९ घरधुरीलाई स्थायी आवास पुनर्निर्माणका लागि जग्गाधनी पूर्जा वितरण गरिएको बताइएको छ । बाँकी घरधुरी छिटो पुनर्निर्माण सकेर सुरक्षित रुपमा बस्ने प्रबन्ध मिलाइरहेको नीति तथा कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि एक करोड, कृषि, पशुपालन क्षेत्रमा ५०–५० लाख बजेट विनियोजन गरिएको छ । नगरको ९ वटा वडालाई ५०÷५० लाख बजेट बिनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *