काठमाडौँ।मेचीनगर नगरपालिकाभित्र नदिजन्य पदार्थ उत्खनन, संकलनमा रोक लगाएको छ। नगरपालिकाले निर्धारित गरेको नाका÷घाटबाट अनुमति दिएको परिमाण उत्खनन, संकलन नै सकेको हुँदा रोक दगाएको हो।
नगरले आ.व. २०८१/८२ का लागि यस मेचीनगर नगरपालिका भित्रका टिमाई/हडिया (निन्दा मेची नदि÷खोलाबाट आइइ र इआइए प्रतिवेदनले निर्धारित गरेको नाका/घाटबाट अनुमति दिएको परिमाण उत्खनन, संकलन नै सकेको हुँदा, अर्को व्यवस्था नहुन्जेल सम्मका लागि २०८२/०२/२८ देखि लागू हुने गरी नदिजन्य पदार्थ उत्खनन, संकलनको काम बन्द गरेको हो।
साथै नदिजन्य पदार्थ उत्खनन, संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ।