काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्दा गोली चलेको छ।मंगलबार दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। उनीहरू दुवै जना भारतीय नागरिक हुन्।
लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। घाइते भएका लागुऔषध कारोबारी र प्रहरीको परिचय खुल्न बाँकी छ।
प्रहरीमाथि रड प्रहार गरेपछि गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिएको लागुऔषध ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए। पक्राउ परेकाको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद भएको छ। थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *