काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।
जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ।
‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका सांसद गंगानारायण चौधरी भने, ‘हामी सबै जना यहीँ छौँ । के कारणले पक्राउ गर्ने प्रहरी आएको हो हामी त्यसबारे सोधखोज गर्दै छौँ।’