बुधबार बिहान अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा भूकम्प गएको छ।
सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का हिन्दुकुश क्षेत्रका धेरै भागमा महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प ५.९ म्याग्निच्युडको थियो।
भूकम्पको केन्द्रबिन्दु बागलानबाट १६४ किलोमिटर पूर्व जमिनबाट ७५ किलोमिटर गहिराइमा थियो।
अहिलेसम्म कुनै हताहत वा ठूलो क्षतिको खबर आइसकेको छैन।
यसैबीच आजै फिलिपिन्समा पनि भूकम्प गएको छ।
बुधबार बिहान दक्षिणी फिलिपिन्समा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
हालसम्म कुनै क्षति वा हताहतबारे जानकारी आएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षणले मिन्डानाओ टापुको तटमा गएको भूकम्पको गहिराइ ३० किलोमिटर रहेको जनाएको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले भूकम्पको केन्द्रबिन्दु मैतुम सहरबाट लगभग ४३ किलोमिटर दक्षिणपश्चिममा रहेको बताएको छ, जुन पहाडी र कम जनसंख्या भएको क्षेत्र हो।
यसैबीच आजै बिहान नेपालको सीमानजिकै चीनमा पनि भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ५ मिनेट जाँदा चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको हो।
उक्त भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास पर्छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका उत्तरी क्षेत्रका विभिन्न जिल्लामा पनि महसुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *