काठमाडौं। नेकपा एमाले पार्टीबाट निलम्बित भएकी एमाले नेतृ विन्दा पाण्डेले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन्।
मंगलबार दिउँसो पाण्डे अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्। पाण्डे र ओलीबिच करिब ४५ मिनेट कुराकानी भएको बताइएको छ।
भेटमा ओलीले पाण्डेलाई पुरानो वर्षका तितामिठा कुराहरु विर्सेर पार्टीको काममा लाग्न आग्रह गरेको बताइएको छ। पाण्डेले जग्गादान स्वीकार्ने पार्टीको निर्णय गलत भएको बताएकी थिइन्।
एमाले मुख्यालय निर्माणका लागि भनेर विवादित पात्रहरुबाट जग्गादान लिएको प्रकरणको विरोध गरेवापत पोलिटब्युरोबाट ६ महिनाअघि अर्था कात्तिक पहिलो साता स्पष्टीकरण सोधिएको थियो पाण्डेलाई । पुसमा उनी निलम्बित भइन्। उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पनि निलम्बित थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *