वर्तमान आइजिपीको अवकाश पछि विश्वराज पोखरेल आइजिपीको एक्लो दावेदार

  • प्रकाशित मिति : December 1, 2020
  • sthaniyasarkar.com

हालै नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

नेपाल प्रहरीका उच्चअधिकारीहरुको असन्तुष्टि विच   सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।                            हालका आईजीपी शैलेश थापा क्षेत्रीको १९ वैशाख २०७९ मा  अवकाश भएपछि  महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार देखिएका  छन् ।