भोलिदेखि पठनपाठन सुचारू गर्न बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयलाई निर्देशन

काठमाडौं ।  बूढानीलकन्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सूचारु गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आज भोलिदेखि नियमित पठनपाठन सूचारू गराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले नगरभित्र अध्यापनरत शिक्षकहरूकै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको थियो । […]