पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका वडा सभापति कारागार चलान

काठमाडौं । पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा आगजनी तथा तोडफोड गर्ने रास्वपा नेतासहित चार जना जेल चलान भएका छन् । २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । एक जना २ लाख धरौटीमा रिहा […]
फोहर व्यवस्थापनमा धनगढी र पोखराको सहकार्य अनुकरणीय

धनगढी । फोहर व्यवस्थापनजस्तो जटिल विषयमा पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्यले नयाँ उदाहरण प्रस्तुत गरेको छ। मंगलबार धनगढीमा भएको परियोजना प्रस्तुतीकरण कार्यक्रममा दुवै सहरले आ–आफ्ना अनुभव साझा गर्दै दीगो फोहर व्यवस्थापनतर्फको यात्रालाई स्पष्ट पारे। धनगढीले एकपटक प्रयोगपछि फालिने प्लास्टिकमा प्रतिबन्ध लगाउँदै फोहरको मूल कारणमाथि नै हस्तक्षेप गरेको छ। नगरप्रमुख गोपी हमालले फोहर व्यवस्थापन र सरसफाइलाई […]
कृषकको कथा: बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी । पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् । बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् । अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी […]
सबैभन्दा बढी बेरूजु हुने महानगर बन्यो पोखरा, ३.७४ प्रतिशत बेरुजु

काठमाडौं । महानगरपालिकामध्ये सबैभन्दा बढी बेरूजु हुने महानगर पोखरा देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट महानगरमध्ये सबैभन्दा बढी बेरुजुमा पोखरा परेको छ । यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो। प्रतिशतको हिसाबले […]