८ वर्षभन्दा बढी कैद तोकिए पनि मेयर मोहन बस्नेतले तत्काल कारागार बस्नु नपर्ने

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बस्नेतसहित चार प्रतिवादीलाई सोमबार सजाय पनि सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको छ। सरकारी ओहोदामा रहेर भ्रष्टाचारजस्तो अपराध गरेको भन्दै अदालतले बस्नेतलाई थप ३ महिना कैद हुने फैसला सुनाएको […]