राप्रपाको कार्यक्रमले शिक्षकलाई डर, आज बिहानै प्रदर्शन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो। प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। यता राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा […]

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको तयारी गरेपछि शिक्षकहरुको आन्दोलन प्रभावित भएको छ । आफूले १८ दिनदेखि ‘कब्जा’ गरिरहेको बबरमहलको सडक शिक्षकहरुले १९ औं दिनदेखि राजावादीलाई छाडिदिने भएका छन् । गत चैत २० देखि माइतघर–बानेश्वर सडकमा शिक्षकहरुले दिउँसो १२ देखि नियमित प्रदर्शन गर्दै आइरहेका थिए । आइतबार शिक्षकहरुको प्रदर्शनको १९ औं दिन […]

प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै

काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ। हिजो राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको हो। आज दिउसो ३ः १५ बजे बानेश्वरमा रहेको रत्नराज्य मावि बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष […]

आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । महतले आज बिहान आफ्नै निवासमा गरेको छलफलमा शिक्षकहरूका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारले जायज माग यथाशीघ्र पूरा गर्नुपर्ने बताए । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पनि छलफल गरेका थिए । विद्यालय शिक्षा ऐन […]

सरकारको आश्वासनप्रति शिक्षक आक्रोशितः झुटो हल्लाको पछाडि लागेर आन्दोलन नरोक्न अनुरोध

काठमाडौं ।सरकारले शिक्षकलाई आन्दोलन स्थगित गर्न अनुरोध गर्दै संसदको अधिवेशन आह्वान गरे पनि शिक्षकले आन्दोलन नरोक्ने भएका छन्। सरकारले वार्ता र संवादबाट समस्याको समाधान हुने आश्वासन दिँदै यस्तो निर्णय गरेपछि शिक्षक आक्रोशित बन्दै आन्दोलनलाई निरन्तरता दिन लागेका हुन्। विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र […]

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि […]

नयाँ शैक्षिक सत्र सुरु, शिक्षक सबै सडकमा

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८२ आजदेखि सुरु भएको छ । तर विद्यार्थी भर्ना भने २ वैशाखदेखि हुने छ । १ वैशाखका दिन सार्वजनिक बिदा भएकाले २ वैशाखदेखि भर्ना सुरु हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको […]