झापा — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत झापा–५ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट अग्रस्थानमा देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले यहाँ सबैभन्दा बढी ५२ हजार ८१५ मत प्राप्त गरेको छ।

यस्तै नेकपा एमाले ले समानुपातिकतर्फ १५ हजार ८९ मत मात्र पाउँदै दोस्रो स्थानमा सीमित भएको छ। एमालेपछि श्रम संस्कृति पार्टी ले ८ हजार ८३९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले ४ हजार ८८ मत पाएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ हजार ४०१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी ले १ हजार ६६० मत पाएको छ।

यसअघि प्रत्यक्षतर्फ पनि झापा–५ मा रास्वपाले ठूलो जित हासिल गरेको थियो। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ले केपी शर्मा ओली लाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका थिए।

कुल खसेको मतमध्ये बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मत मात्रै पाएका थिए। झापा–५ मा प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि रास्वपाले स्पष्ट अग्रता कायम गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *