महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार जिल्लामा प्रत्यक्षतर्फ करिब २० हजार मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो।
क्षेत्रगत रूपमा क्षेत्र नं. १ मा ३,९५४, क्षेत्र नं. २ मा ५,४४९, क्षेत्र नं. ३ मा ५,०१० र क्षेत्र नं. ४ मा ५,५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी ले जानकारी दिए।
जिल्लामा कुल ४ लाख ३१ हजार २८२ मतदातामध्ये २ लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए, जुन ६०.५९ प्रतिशत हो। तीमध्ये २ लाख ४१ हजार ४११ मत (९२.३७%) सदर र १९ हजार ९३५ मत (७.६२%) बदर भएको प्रतिवेदनमा उल्लेख छ।