काठमाडौँ, मङ्सिर २९ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नं. ४ र ५ को वडा मिलान नहुँदा सेवाग्राहीलाई वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । वडा मिलान नहुँदा एक किलोमिटरको दुरीमा रहेको सेवाप्रदायक कार्यालयसम्म पुग्न सेवाग्राहीलाई तीन घण्टासम्म लाग्ने गरेको छ ।
स्थानीय तह पुनर्संरचना भएदेखि आन्तरिक वडा मिलान विवाद कायमै रहँदा सेवाग्राहीलाई एउटा कार्यालयबाट अर्को कार्यालयसम्म पुग्न अर्कै वडा हुँदै जानुपर्ने बाध्यता छ । सङ्घीयताले नागरिकलाई सेवा नजिक पु¥याए पनि त्यहाँका नागरिकलाई भने वडा मिलान नहुँदा सेवा झनै टाढा पु¥याएको महसुस स्थानीयले गरेका छन् । बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले भौगोलिक रूपमा नजोडिनुपर्ने वडा जोडिएको र जोडिनुपर्ने वडा नजोडिएकाले स्थानीय तह पुनर्संरचना भएदेखिको वडा मिलानको विवाद अहिलेसम्म समाधान नहुँदा सेवाग्राहीलाई सेवा लिन झन्झटिलो भएको गुनासो गर्नुभयो ।