काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयसबाट पनि तल झरेको छ ।

दैनिक चिसो बढ्ने क्रममा आज आइतबार बिहान यहाँको तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ ।

शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री देखिएको हो ।

मौसम महाशाखाले हरेक दिन काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ।

अब दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *