सोलुखुम्बु, असोज १३ — दसैंतिहार बिदा र विभिन्न कारणले कार्यालय प्रमुखहरु जिल्ला बाहिर गएपछि सोलुखुम्बुका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। यो अवस्थाको अनुगमन साहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) सुरेन्द्र थापाको नेतृत्वमा गरिएको छ।

सहायक प्रजिअ थापाको टोलीले घरेलु तथा साना उद्योग कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, कृषी ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, जिल्ला आयुर्वेद कार्यालय, जलस्रोत तथा सब-डिभिजन सिँचाइ कार्यालय, र शिक्षा तथा समन्वय इकाईको आज अनुगमन गरेको हो।

अनुगमनका क्रममा घरेलु तथा साना उद्योग कार्यालय, कृषी ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रमा मात्र कार्यालय प्रमुख भेटिएका थिए। अन्य कार्यालयमा प्रमुख अनुपस्थित रहेकाले केही कार्यालयमा कार्यालय सहयोगी मात्रै भेटिएको टोलीले जनाएको छ।

सहायक प्रजिअ थापाले अनुपस्थित प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिएको जानकारी दिए। उनले बाँकी रहेका अन्य सबै सरकारी कार्यालयको पनि क्रमशः अनुगमन गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *