काठमाडौं । अहिले पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।

मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार,

आज दिउँसो : कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई-स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *