काठमाडौं । सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ । दुर्घटनामा चालक र सहचालक बेपत्ता छन् ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफीमा आज बिहान बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हराइरहेको हो।

बलेफी गाउँपालिकाकै वडा नम्बर ५ बाट दूध लिएर खाडीचौरतर्फ जाँदै गर्दा भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा चालक र सहचालक मात्रै थिए । चालक काभ्रे पनौतीका नवराज खुलाल भन्ने खुलेको छ भने सहचालकको परिचय पत्ता लागिसकेको छैन ।

सुकेटेस्थित सिन्धु दूध डेरीको उक्त भ्यान खोजी भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *