काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार बिहीबार दिउँसो ४ः०६ बजे आगलागी भएकोमा साढे तीन तले घरको भुइँ तलाको कोठामा बस्ने काभ्रे चौरीदेउराली वडा नम्बर ३ का तामाङको मृत्यु भएको हो ।

प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक जयश्वकर रिमालको कमाण्डमा रहेको प्रहरी टोली र स्थानीयबासीको संयुक्त प्रयासमा ४ः२२ मा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार एक खुट्टा नभएको (अपाङ्ग) तामाङको कोठामा सुतिरहेको अवस्थामा घटनास्थलमा मृत्यु भएको छ ।

उनले आगलागस्बाट झ्याल, ढोका, लत्ताकपडा पूर्णरुपमा जलेर क्षति भएको तर आगलागीको कारण भने नखुलेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *