गुल्मी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गुल्मीका तीन जना कृषकलाई सम्मानित गरेको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–६ का अर्याल पशुपंक्षी फार्मका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडानम्बर–३ का ग्यालेक्सी कृषि फार्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडानम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फार्म विशाल थापालाई सम्मान गरिएको हो ।
यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ठ, अर्याल र थापालाई उत्कृष्ठ कृषकको रुपमा नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले उनीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरे ।
बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा मिहिनेतको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुने कृषकहरुमा गोकर्ण नेपालीले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी उत्पादन गर्दै आएका छन् ।
त्यस्तै मेघनाथ अर्यालले ३५ वटा भैंसी पालेर प्रतिदिन १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।शहरको सुख छोडेर गाउँमै करोडौं लगानी लगाएर भैंसीपालनसँगै कृषि कर्म समेत गर्दै आएका छन् ।
कृषक बिशाल थापाले १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै आएका छन् । थापाले बाख्रा पालनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्दै कृषकहरूलाई थप जानकारी र तालिम प्रदान गर्दै आएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाभरिका कृषकहरूलाई सम्मानित गर्न आवेदन माग गरेको थियो ।