सप्तरी । सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट भएको छ ।
खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले बताएका छन् । उनका अनुसार आगलागीबाट घर र घरभित्र रहेको भाडा वर्तन, कपडा लाता, अन्नपात, नगद ४० हजार रुपैयाँ, र काठ समेत गरी दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
विहान १० बजे भएको आगलागी प्रहरी उपरीक्षक गौतमकुमार केसीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।