ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा करिव ८९ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९.११ प्रतिशत खर्च गरेको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७.४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०.०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिएका छन् ।

प्रेस नोटअनुसार बुधबार राति १२ बजे सम्ममा कुल ७७.४४ प्रतिशत रकम खर्च अर्थात भुक्तानी भएको उल्लेख गरिएको छ । उक्त खर्च रकममध्ये चालुतर्फ ८६.०२ प्रतिशत र पुँजीगततर्फ ५९.०८ प्रतिशत रहेको छ । बजेट खर्चमा भएको प्रगतिका लागि भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायीलगायत सबै पक्षलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *