चौमाला । कैलालीको लम्की चुहा नगरपालिका–६ स्याउलेमा अटाले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ । बुधबार साँझ लम्की चुहा नगरपालिका–६ स्याउलेमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको अटोले पैदल यात्री स्थानी ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको मृत्यु भएको हो ।
म १ ह ८५८ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते हुनुभएको लक्ष्मीलाई मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अटोको ठक्करबाट लक्ष्मीसँगै पैदल यात्रा गरिरहेकी २२ वर्षीय मिना ढुङ्गाना गम्भीर घाइते भएकी छिन । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *