काठमाडौँ।पछिल्लो एक घण्टामा बर्दियाको मनपुर वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार दिउँसो ३ः२० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्रहरू भई बहने स–साना खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा बसोबास गरिरहेकाहरूले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।