काठमाडौँ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २८, बुधबार) ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।माथिका जिल्लामध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्लामा ‘एल्लो वारेन्ट’ (मध्यम जोखिम) जारी गरेको छ।महाशाखाका अनुसार आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ, दार्चुला, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र आसपास भई वहने नदीमा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन आवश्यक छ।

यीमध्ये बाढी महाशाखाले दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई भने पहेँलो चिह्न (मध्यम जोखिम) मा राखेको छ।

हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *