सङ्खुवासभा। जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ ।
निरन्तरको वर्षापछि जेठ १८ गते दोङगोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले ७१ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
बगाइएका सीमा स्तम्भ किमाथाङ्का नाका नजिकै रहेको प्रहरी चौकीबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ । प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम सुनुवारको टोली गस्तीमा रहेको बेला सीमा स्तम्भ बगाएको जानकारी प्राप्त भएको हो ।
डीएसपी बस्नेतका अनुसार निरन्तर वर्षाका कारण माथिल्लो भेगमा बाढीको जोखिम बढ्दो छ, जसले गर्दा सीमा क्षेत्रसमेत प्रभावित भएको हो। अहिले ७१ नम्बर सीमा स्तम्भ पुरिएर हराएको अवस्था छ। सङ्खुवासभा जिल्लामा हाल कुल २१ वटा सीमा स्तम्भ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *