काठमाडौं।सुनको मूल्य आज प्रतितोला दुई हजार सातसय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको छ।
गएका तीन दिनमा १० हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको थियो।
गएको बिहीबार सुन तोलामा पाँच हजार सातसय, शुक्रबार तीन हजार नौसय र आइतबार एक हजार रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार नौसय ५५ रुपैयाँ कायम भएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *