नेतृत्वमा रहेको प्रतिबन्धत नेपाल कम्युनिष्ट पार्टी (नेकपा )नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वले शुक्रवार साविकको धौलागिरिका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बन्द आह्वान गरेको छ।

पार्टीमा आबद्ध रहेका म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शङ्कास्पद मृत्यु भएको भन्दै उक्त समूहले बन्द आह्वान गरेको हो। पुनको मृत्युबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गरी कानुनी दायरामा ल्याउन माग गर्दै पौष ३ गते धौलागिरि बन्दको आह्वान गरेको धौलागिरि ब्युरो इन्चार्ज राजनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। पर्वत जेल प्रशासनले राजबन्दीको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको तथा उपचारको सिलसिलामा चरम लापरबाही गरेको आरोप पनि लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *