काठमाडौं- नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने भन्दै तत्काल संसद बैठक राख्न माग गरेको छ। आज बसेको संसदीय कार्यसमितिको बैठकले तत्काल अध्यादेश फिर्ता गर्न माग गर्दै संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको जनाएको छ।

त्यस्तै कांग्रेसले उखु किसानको भुक्तानी दिन बाँकी रहेको रकम तत्काल भुक्तानी व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *