नेपाल ज्योति-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभाग भएनन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए ।

अब स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय समिति बैठक पुस ५ गते बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *