आठ करोड ३२ लाखमा बन्यो षडानन्द नगरपालिकाको भवन

षडानन्द नगरपालिका । षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए। यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।
कृषकको कथा: चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै तिनतलेका किसान

भोजपुर। षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत […]