कांग्रेसको नयाँ कडाइः राष्ट्रियसभा–प्रतिनिधिसभा उम्मेदवारका लागि १० कडा सर्त

  • प्रकाशित मिति : December 2, 2025
  • sthaniyasarkar.com

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिसमा कडाइ गर्दै १० बुँदे सर्त सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा उम्मेदवार छनोटमा ‘भद्रगोल’ रोक्दै व्यवस्थित मापदण्ड लागू गर्ने उल्लेख छ।


सिफारिसका लागि कांग्रेसका १० प्रमुख सर्त

१. विधानअनुसारको योग्यता अनिवार्य

नेपाली कांग्रेसको विधान–२०१७को धारा ३० अनुसार क्रियाशील सदस्यता, कानुनी योग्यता, र उच्च नैतिक चरित्र अनिवार्य।
दल समाहार वा अन्य दलबाट आएका व्यक्तिको हकमा भने केन्द्रीय निर्णय लागू हुनेछ।



२. सामाजिक अपराधमा संलग्नलाई निषेध

जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा कुनै पनि सामाजिक विकृति–विसङ्गतिमा दोषी ठहरिएको व्यक्ति उम्मेदवार हुन नपाउने

३. पार्टी अभियान र आन्दोलनमा सक्रियता

कांग्रेसका कार्यक्रम, निर्वाचन अभियान तथा आन्दोलनमा सक्रिय सहभागिता मुख्य मापदण्ड।

४. पुराना समानुपातिक सांसदलाई रोक

२०७९ को प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट निर्वाचित व्यक्तिहरूलाई २०८२ को समानुपातिकमा उम्मेदवार हुन नपाइने

५. २०७९ को प्रदेश समानुपातिक बन्दसूचीमा परेकालाई सिफारिस निषेध

६. प्रत्येक सिटमा अधिकतम ३ जनामात्र सिफारिस

जसले मन परे आवेदन भर्ने पुरानो प्रवृत्ति हटाउँदै ‘पहिल्यै सीमा’ तोकिएको कांग्रेस पदाधिकारीले बताए।

७. एक व्यक्तिले एक पदमा मात्रै दाबी

प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा—कुनै एक पदमा मात्रै नाम सिफारिस गर्न पाइने।

८. नागरिकता, मतदाता परिचयपत्र र सम्पत्ति विवरण अनिवार्य

९. स्थानीय तहका २०७९ का निर्वाचित जनप्रतिनिधि उम्मेदवारीमा रोक

१०. लेवी नबुझाउनेलाई टिकट बन्द

पार्टीको धारा ६९ अनुसार दायित्वअनुसारको सहयोग रकम (लेवी) नबुझाउने व्यक्तिले कुनै पनि तहमा उम्मेदवारी पाउने छैनन्

किन यस्तो कडाइ?

अघिल्ला निर्वाचनमा अनियन्त्रित सिफारिस, नाम सूचीको भीड र अन्तिम क्षणका विवाद दोहोरिएपछि यसपटक पहिल्यै मापदण्ड कडा पारिएको कांग्रेस केन्द्रीय कार्यालयका एक पदाधिकारीले बताए।