गुन्द्रुकको भाउ घट्यो

  • प्रकाशित मिति : August 6, 2025
  • sthaniyasarkar.com

काठमाडौं । स्थानीय बजारमा गुन्द्रुकको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आज मंगलबार गुन्द्रुकको भाउ घटेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा गुन्द्रुक प्रतिकिलो थोकमा २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।



हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । हिजो सोमबारको तुलनामा आज मंगलबार प्रतिकिलो ३५ रुपैयाँ घटेको हो ।

विगतमा खासै वास्ता नगरिने गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र मार्टमा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेका छन् । त्यसमाथि अनलाइन सपिङ प्ल्याटफर्ममा पनि दर्जनौं ‘भेराइटी’ का गुन्द्रुक अर्डर गर्न पाइन्छ ।