हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध
आन्दोलन गरेका छन् । दुवै जनाको कार्यशैलीलाई लिएर पटक–पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् ।
जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरु आन्दोलन गरेका हुन् ।
प्रशासन र प्रहरीको निकम्मा पनको विरोधमा जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिनु परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए ।
उनै प्रवक्ता न्यौपानेमाथि गत ४ असारमा वडा कार्यालयमा ४ जनाको समूहले आक्रामण गरेको थियो ।
सिडिओ र एसपीविरुद्ध हेटौंडा उपमहानगरको जनप्रतिनिधिहरू आन्दोलित
- प्रकाशित मिति : July 20, 2025
- sthaniyasarkar.com