घरपझोङ गाउँपालिकाकाे कालीगण्डकी नदीमा बेलिब्रिज जडान

  • प्रकाशित मिति : July 15, 2025
  • sthaniyasarkar.com

घरपझोङ गाउँपालिका । घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षको समयकाे अन्तरालमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सब इन्जिनियर राजन कँडेलले बताएका छन् ।

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो ।