इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी

  • प्रकाशित मिति : July 2, 2025
  • sthaniyasarkar.com

पाल्पा । रामपुर नगरपालिका –५ बेझाँडमा एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा दाजुभाइ इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी रामपुर नगरपालिकाको दमकलको सहयोगमा स्थानीय, प्रहरी र नगर प्रहरीले पूर्णरुपमा नियन्त्रणमा लिएको छ । आगलागीबाट एसी, कुलर, फ्रिज, वासिङ्ग मेसिन लगायतका इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी द्एि ।

गोदामको विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।