फर्निचर उद्योगमा आगो लाग्दा १२ लाखको क्षति

  • प्रकाशित मिति : June 30, 2025
  • sthaniyasarkar.com

झापा। झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कमा रहेको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ।
स्थानीय मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी जानकारी दिए।
बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।