४६ करोड ८० लाखबराबरको बोनस सेयर बाँड्दै हिमालयन रि

  • प्रकाशित मिति : May 6, 2025
  • sthaniyasarkar.com

काठमाडौं।हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांशसम्बन्धी निर्णय गरेको छ।

२२ गते बेलुका बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको रकम नगद बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।

यसअनुसार ४६ करोड ८० लाखबराबरको बोनस सेयर र २ करोड ४६ लाख ३१ हजार ५ सय ७८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको हो।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।