साढे ५ घण्टा मै रिहा भए रेशम चाैधरी

  • प्रकाशित मिति : April 30, 2025
  • sthaniyasarkar.com

काठमाडौं। अकासमात पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् ।
आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।
उनी पक्राउ परेको साढे ४ घण्टापछि रिहा भएका हुन् । उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन् । कार्यकर्ताहरुले उनलाई भव्य स्वागत गरेका थिए । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो । सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।