‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक

  • प्रकाशित मिति : April 30, 2025
  • sthaniyasarkar.com

काठमाडौं। मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ। मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो ।

राजीव समरको कोरियाग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जी।सीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।