आममाफी पाएपछि पनि किन पक्राउ परे रेशम चौधरी ?

  • प्रकाशित मिति : April 30, 2025
  • sthaniyasarkar.com

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेशअनुसार पक्राउ गरेको प्रहरीले खुलेको छ ।यसअघि २० वर्षको जेल सजाय तोकिएको चौधरीलाई राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।

प्रहरी अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेशले आदेश बताएका छन्।

कारागारको रेकर्डमा चौधरीले न्यूनतम सजाय भुक्तानी नगरेको देखिएपछि यस्तो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरीले बताएका छन्।
सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी विश्व राज अधिकारीले जानकरी दिए ।
कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेर अदालतले पेश गरेपछि थाहा हुने जनाइएको छ ।

टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफी विरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।

२०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।