काठमाडौँ। भारतको जम्मु-कश्मीरमा आतङ्कवादी हमलामा परी मारिएका सुदीप न्यौपानेको न्यायका लागि प्रदर्शन भएको छ। शनिबार काठमाडौँको चुनादेवी मन्दिरस्थित पाकास्तानी दूतावास अगाडि केही युवाहरूले प्रदर्शन गरेका हुन्।
युवाहरूले प्ले कार्डसहित आतङ्ककारी मुर्दावाद, सुदीपलाई न्याय दे, पाकिस्तानी दूतावास खारिज गर लगायतका नारा लगाएका थिए।
उनीहरूको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै विरोधमा उत्रिएको थियो।