भारतमा पाकिस्तानस्थित दूतावास बन्द, पाकिस्तानी कुटनीतिज्ञहरूलाई भारत छोड्न निर्देशन

  • प्रकाशित मिति : April 23, 2025
  • sthaniyasarkar.com

भारत।भारतले पाकिस्तानस्थित भारतीय दूतावास बन्द गर्ने निर्णय गरेको छ । जम्मू–कश्मीरको पहलगाममा भएको बर्बर आतंकवादी हमलापछि भारतले यो निर्णय गरेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले सिन्धु जल सम्झौता पनि रोक्ने निर्णय गरेको छ ।

यस्तै अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । यसैगरी पाकिस्तानी कुटनीतिज्ञहरूलाई ४८ घण्टाभित्र भारत छोड्न भनिएको छ ।  यस्तै अब सार्क राष्ट्रको सुविधाअनुसार पाकिस्तानी नागरिकले भारतको भिसा पाउने छैनन् ।

पहलगाम हमलामा २७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये एक नेपाली पनि छन् ।

पहलगाम आक्रमणपछि भारतले पाकिस्तानलाई जिम्मेवार ठहर गर्दै कडा कूटनीतिक कदम चालेसँगै यी दुई चिरप्रतिद्वन्द्वी मुलुकबीच तनाव उग्र हुने स्पष्ट संकेत देखिएको छ । उता पाकिस्तानले भारतसँगको सीमा क्षेत्रमा सेनालाई अलर्ट गरेको छ ।