म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा आफूलाई कायम राखेको छ।
मंगलबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २-१ ले हराउँदै प्रिमियर लिगमा महत्त्वपूर्ण तीन अङ्क जोड्दै शीर्ष चारको दौडमा कायम रह्यो। सिटीको जितमा वर्नान्डो सिल्भा र म्याथ्युस नुनेसले समान १-१ गोल गरे।
नुनेजले इन्जुरी समयको चौंथो मिनेटमा डोकुको आकर्षक क्रसलाई सानदार फिनिस गर्दै गोलमा परिणत गरेका थिए। जितसँगै सिटी च्याम्पियन्स लिग छनोटको आधारका रुपमा रहेको शीर्ष चारको दौडमा तेस्रो स्थानमा उक्लिएको छ।
अब सिटीले वुल्भ्स र रेलिगेट भइसकेको साउथह्याम्प्टनसँग खेल्न बाँकी छ भने, चेल्सीले न्युकासल र नटिंघम फरेस्टसँग भिड्नुपर्ने छ। यस्तोमा शीर्ष चारको दौड रोमाञ्चक देखिएको छ।
तालिकामा लिभरपुल ३३ खेलबाट ७९ अङंकका साथ पहिलो स्थानमा रहँदा आर्सनल ३३ खेबलाट ६६ अङ्कका साथ दोस्रो र म्यानचेस्टर सिटी ३४ खेलबाट ६१ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। त्यस्तै नोटिङ्घम फरेस्टको ३३ खेलबाट ६० अङ्क रहँदा न्युक्यासल युनाइटेडको ५९ अङ्क रहेको छ।
त्यस्तै शीर्ष चारको दौडमा छैटौं स्थानको चेल्सीको ५७ र सातौं स्थानको एस्टन भिल्लाको पनि ५७ अङ्क रहँदा अङ्क तालिका रोमाञ्चक बनेको छ।