निषेधित क्षेत्रमा बिहानैबाट प्रहरी परिचालन, उपत्यकास्थित गण-गुल्मसमेत परिचालित

  • प्रकाशित मिति : April 20, 2025
  • sthaniyasarkar.com

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् ।ञउनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उनले भने ।
केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो ।
प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ ।