काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ९१८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ० सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको छ ।
ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरिएको छ ।
रानी जमरा कुलरिया सिँचाइलाई विश्व बैंकबाट १८ अर्ब ७६ करोड ऋण लिइँदै
- प्रकाशित मिति : April 16, 2025
- sthaniyasarkar.com
