काठमाडौं।भारतको अयोध्यास्थित राम मन्दिरमा बम हान्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।
बीबीसी हिन्दीका अनुसार सोमबार मध्यराति इमेलमार्फत त्यस्तो धम्की आएको हो।
‘राम जन्भूमि ट्रस्ट’का अकाउन्ट अफिसर महेश कुमारले यस विषयमा मंगलबार प्रहरी साइबर सेलमा उजुरी दिइएको बताएका छन्।
बम हान्ने धम्कीपछि राम मन्दिर परिसर र वरपरका क्षेत्रहरूमा सुरक्षा गस्ती बढाइएको छ। इलेक्ट्रोनिक निगरानी प्रणाली सक्रिय पारिएको छ र प्रहरीले मन्दिरनजिकै विस्तृत खोजी अभियान सुरु गरेको छ।
जानकारीअनुसार, शंकास्पद इमेल तमिलनाडुबाट पठाइएको हो। इमेल पठाउने व्यक्ति पत्ता लगाउन तमिलनाडु साइबर सेललाई जानकारी गराइएको छ।
राम मन्दिरको उद्घाटन भएदेखि नै धम्कीहरू आइरहेका छन्। धम्की दिनेमा सिख पृथकतावादी गुरपतवन्त सिंह पन्नु पनि छन्।
अयोध्या प्रहरी(प्रशासनले स्थानीयलाई अफवाहमा ध्यान नदिन र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै रिपोर्ट गर्न अपिल गरेको छ।
बम हान्ने धम्की आएपछि अयोध्याको राम मन्दिरमा बढाइयो सुरक्षा
- प्रकाशित मिति : April 15, 2025
- sthaniyasarkar.com
