पाथीभरा केबलकारबारे कांग्रेस- वार्ता गर्न तयार छौं, तर ‘नो केबलकार’मा सहमति छैन

  • प्रकाशित मिति : February 28, 2025
  • sthaniyasarkar.com

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले नो केबलकार अभियानलाई समर्थन गर्न नसकिने बताए ।

उनले भने, ‘पाथीभरा केबलकारको विषयमा उहाँहरुको मागअनुसार वार्ता गर्ने हो । वार्ता निष्कर्षमा नपुगेसम्मका लागि अहिले सरकारले निर्माण कार्य स्थगित गरेको छ । तर, नो केबलकार भन्ने कुरामा हाम्रो सैद्धान्तिक सहमति छैन ।’

उनले वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको बताए ।