डा. बाबुराम भट्टराईले आगामी निर्वाचन नलड्ने

  • प्रकाशित मिति : October 3, 2022
  • sthaniyasarkar.com

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सामाजिक सन्जाल मार्फत घोषणा गरेका छन् ।

उनले आज सामाजिक सन्जालमा लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’